२९ फागुन २०७९/ सल्यान
सल्यानको कपुरकोट गाउँपालिकाले बिवाहा गर्नको लागी पहिलोपटक सिफारिस दिएको छ ।
कपुरकोट गाउँपालिका वडा नं.३ को वडा कार्यालयले पहिलो पटक सोहि वडा पाखापानीका खकेन्द्र सेन र शारदा नगरपालिका वडा नं.१५ मालनेटा निवासी पवित्रा शाहलाई विवाह गर्नको लागी सिफारिस दिएको हो ।
गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार अभिभावकहरुको रोहबरमा बिबाह गर्नका लागि
गाउँपालिकाले पहिलो पटक सिफारिस दिएको कपुरकोट गाउँपालिकाले जानकारी दिएको छ ।
वडा नं.३ को कार्यालयमा खगेन्द्र सेन र पवित्रा शाहले आवश्यक कागज पेश गरी बिबाहका लागि सिफारिस लिन निबेदन दिएकाले उपलब्ध प्रमाण पत्रको आधारमा बिबाहका लागि बैबाहिक जीबनको शुभकामना सहित सिफारिस दिइएको ३ नं.वडा अध्यक्ष प्रदिप खड्काले जानकारी दिनु भएको छ ।
२० बर्ष मुनि विवाह गर्न नपाइने कानुनी व्यवस्था भएता पनि कपुरकोट गाउँपालिकामा २० बर्ष मुनी बिबाह गर्नेको संख्या अत्याधिक भएको पाइएकाले बालबिबाह न्यूनिकरणको कानुनी प्राबधानको सफल कार्यान्वयनको लागि सिफारिस लिनुपर्ने व्यवस्था गरिएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भएको छ ।
भण्डारीले ३ नं.वडा कार्यालयबाट बिबाहका लागि पहिलो पटक सिफारिस लिने सेन र शाहको जोडीलाई सफल बैबाहिक जीबनको शुभकामना दिंदै बालबिबाह न्यूनिकरण गर्ने गाउँपालिकाको संकल्पलाई कार्यान्वयनका लागि साथ दिएकोमा धन्यबाद समेत दिनु भयो । उहाँले बिबाह गर्नका लागि वडा कार्यालयबाट अनिबार्य सिफारिस लिने ब्यबस्थालाई अनुशरण गर्न अरुलाई पनि प्रेरित गर्न नब जेडीलाई अनुरोध गर्नु भयो ।
गाउँपालिकाले फागुन १५ गते देखि बिवाहका लागी सिफारिस दिनु पर्ने ब्यबस्था गरेको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताउनु भयो ।उहाँले कपुरकोट गाउँपालिकाका सबै नागरिक बालबिबाह न्यूनिकरण अभियानमा लागि सकेको भन्दै बालबिबाह पूर्ण रुपमा न्यूनिकरण हुने बिश्वास ब्यक्त गर्नु भयो ।
वलिले कानुनमा ब्यबस्था भए अनुसार बालबिबाह गर्ने गराउनेलाई ७५ हजार सम्म जरिवाना गर्ने, २० बर्ष पुगेका कुनै पनि ब्यक्तिले वडाको सिफारिस नलिएर बिबाह गरेको पाएमा बिबाह दर्ता गर्दा गाउँपालिकाको निर्णण अनुसार ५ हजार जरिवाना गरिने बताउनु भयो ।