माओवादी घटकहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै

२८ फागुन २०७९/ सल्यान

माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छ्न ।


आइतबार दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा हुने पत्रकार सम्मेलनमा बिस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामुहिक प्रतिबाद गर्ने निर्णय गरेको माओवादीले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलन गर्न लागेको हो ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको फागुन २६ गते बसेको बैठकले २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो । त्यसअघि फागुन २३ गते बसेको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको हो ।

३० गते हुने अन्तर्क्रिया पनि सोही विषयमा केन्द्रित हुने र अन्तर्क्रियामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस