आज होली पर्व हिमाली तथा पहाडी जिल्लामा मनाइदै

२२ फागुन २०७९/ सल्यान

आज फागु पुर्णिमा काठमाण्डौ उपत्यका लगाएत पहाडी तथा हिमाली जिल्लामा होली पर्व मनाइदै छ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाइन लागेको हो ।
रंगहरुको पर्व होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

आज सल्यानमा पनि होली पर्व बिभिन्न रंगहरुका साथ मनाइदै छ ।

प्रतिक्रिया दिनुहोस