०८ फागुन २०७९/सल्यान
सल्यानको पत्रकारीता अवस्था र चुनौती बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रको बिकासको लागी सवै तत्पर रहनु पर्ने बताउनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले,अहिले पनि सञ्चार सम्बन्धी कानुनका कारण प्रदेश र स्थानीय तहमा सञ्चार माध्याम र पत्रकारिताका क्षेत्रको विकासका लागि राज्यले अभिभावकत्वको भूमिका खेल्न नसकेको बताउनुभयो । उहाँले जुन दलको सरकार बने पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बन्न नसकेको बताउनु भयो ।
पोख्रेलले पत्रकारहरुका विषयमा पनि समाजमा बिभिन्न प्रश्न उठेकाले पत्रकार पेसालाई व्यवसायीक र मर्यादित बनाउनको लागि महासङ्घ प्रतिबद्ध भएको भन्दै शुद्धीकरण अभियान सञ्चालन गरिने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सल्यानको पत्रकारिता स्वच्छ, मर्यादित रहेकाले यसलाई कायम राख्नु पर्ने बताउनुभयो । कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका पौडेलले पत्रकारहरूको भूमिका जिल्लाको विकासमा केन्द्रित भएकाले सुरक्षित पत्रकारिताका लागि आफूले सहयोग गर्ने बताउनु भयो ।
यस्तै नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष रमेश गौतमले प्रविधिमा भएको विकासले पत्रकारितामा अवसर सँगै चुनौती थपिएको बताउनुभयो । अहिलेको चुनौतीलाई सीप क्षमता अभिवृद्धि गरेर समाधान गर्न सकिने भएकाले सूचनाका वह आयामिक विषय खोजी गरेर समुदायमा लैजानु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन कुमार पौडेलको अध्यक्षता,उपाध्यक्ष सरिता चलाउनेको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन महासंघका सचीव टिकाराम भण्डारी ( दिपसागर) ले गर्नु भएको थियो ।