सल्यानको त्रिवेणी गाउँपालिकाको चौथो अध्यक्ष कप तथा रास्ट्रपति रनिङ शिल्ड सुरु

२५ माघ २०७९/सल्यान 

सल्यानको त्रिबेणी गाउँपालिकामा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

स्वस्थ र समृद्ध त्रिबेणी गाउँपालिका, बिकासमा हाम्रो प्रतिबद्धता, स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ सञ्चालित प्रतियोगिताको उद्घाटन गर्दै सल्यान प्रदेशसभा (ख) कर्णाली प्रदेशका सांसद सुरेश अधिकारीले खेल क्षेत्रको बिकास गर्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ ।कार्यक्रका प्रमुख अतिथि समेत रहेका अधिकारीले पढाई र खेललाई संगै अघि बढाउन बिद्यार्थीहरुलाई सुझाव दिनुभएको हो । उहाँले खेलखेल्दा शरिर फुर्तिलो र स्वस्थ हुनेमात्र नभएर व्यक्तिको भबिष्य पनि खेलसँग जोडिएको बताउनु भयो ।


कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष मान बहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्य, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल लगाएकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा,पालिका भित्रका सामुदायिक र संस्थागत गरेर ३५ विद्यालयका ७ सय १४ जना खेलाडी सहभागि भएको र प्रतियोगितामा ५४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

बुधबार देखी शुरु भएको पालिका स्तरीय प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस