बागचौर नगरपालिका वडा नं.३ चौथो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

२२ माघ २०७९/ सल्यान
सल्यानको बागचौर नगरपालिका वडा नं.३ को चौथो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता एक कार्यक्रमका साथ उद्घाटन गरिएको छ ।शनिबार वडा नं.३ को रामपुर खालीमा उद्घाटन गरिएको कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले,खेलक्षेत्रको बिकास हुनु भनेको समग्र नगरको बिकासको एउटा पक्ष भएको बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले आगामी दिनमा पनि खेलकुद प्रतियोगिता लाई गुणात्मक रुपले वृद्धि गर्दै लैजाने बताउनु भएको छ ।


कार्यक्रममा बिशिस्ट अतिथि बागचाैर नगरपालिकाका निवर्तमान नगर प्रमुख लाेकमान बुढाथोकी, नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सी, वडा नं. ४ का वडा अध्यक्ष कृष्ण बस्नेत,वडा नं. ६ का वडा अध्यक्ष ज्ञान बहादुर वली, वडा नं. ८ का वडा अध्यक्ष सुशील जंग चन्द, वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वली, कार्यपालिका सदस्य रेशम बि.क लगाएकाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारीकाे अध्यक्षतामा भएको वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता माघ २३ गते सम्म संचालन हुने आयोजकले बताएको छ ।बागचौर नगरपालिका कार्यपालिका सदस्य ढाका कुमारी वली डि.सीको स्वागत मन्तव्य बाट सुरु भएको,कार्यक्रमकाे सहजीकरण संचारकर्मी नवीन डाँगी ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस