२१ माघ २०७९ / सल्यान
प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) ले सत्ता गठबन्धनमा भएको बिबाद समाधान हुने बताउनु भएको छ ।
शनिबार पत्रकार संग बोल्दै प्रधानमन्त्री दाहालले,गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताउनु भएको हो ।
शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उहाँले तत्कालै सम्बन्धित पक्ष संग छ्लफल गरेर उक्त समस्याको समाधानमा जुट्ने बताउनु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गरिरहदा उक्त विवाद उत्पन्न भएको हो ।