१६ माघ २०७९/ सल्यान
सल्यानमा एक बृद्धा महिला बेपत्ता भएकी छन ।
जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्बर १ तल्लो काभ्राकी ७० बर्षकी दली बोहरा बेपत्ता भएकी हुन् ।
गत शनिबार शारदा नगरपालिका वडा नं.६ कजेरी सापमारा आफन्तको घर पुजामा गएकी बोहरा आईतबार दिउँसो साढे २ बजे देखि बेपत्ता भएको उनका आफन्तले बताएका छन् ।
आफन्तका अनुसार बोहरा शारदा नगरपालिका ६ सापमारा गाउँ बाट हराएकी हुन ।
खोजतालास गर्दा पनि कही नभेटिएपछि ईलाका प्रहरी कार्यलय सितलपाटीमा उजुरी दिएको बोहराका परिवारले बताएका छन् ।