शिद्व कुमाख गाउँपालिका सल्यानको १२ औ अधिवेशन सम्पन

१५ माघ २०७९/ सल्यान 

शिद्व कुमाख गाउँपालिकाको १२ औ अधिवेशन सम्पन भएको छ ।

शनिबार भएको अधिवेशन बाट एक करोड बढि रकम संशोधन गरिएको छ ।

गाउँपालिका अध्यक्ष भरत गीरीको अध्यक्षतामा सम्पन्न भएको १२ औ अधिवेशन बाट आर्थिक बर्ष २०७९/८० को बार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका मध्य १ करोड ४ लाख बराबरको बजेट संशोधन गरिएको गाउँपालिका अध्यक्ष भरत गीरीले बताउनु भएको छ ।

अधिवेशन बाट अर्थ सम्वन्धिको प्रस्तावलाई कार्यान्वयन गर्न वनेको आर्थिक ऐन, २०७९ को संशोधन, उपभोक्ता समितिको १० प्रतिशत जनश्रमदान कायम र सिद्ध कुमाख गाउँपालिकाको वृहत खानेपानी आयोजनाको विषयमा निर्णय समेत गरियको गाउँपालिका अध्यक्ष गीरीले बताउनु भयो ।

अधिवेशनमा गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेतले संशोधन बजेट लाई सभामा पेश गर्नु भएको हो ।उपाध्यक्ष बस्नेतले संशोधित बजेटलाई जनताको आवश्यकता हेरी महत्त्वपूर्ण योजनामा समावेश गरिएको बताउनु भयो ।

 

अधिवेशनमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,वडा सदस्य ,कर्मचारी लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण शिद्व कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्शल कुमार ओलीले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस