बागचौर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन

१३ माघ २०७९

सल्यानको बागचौर नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।

नगरपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरपालिकाका नगर प्रमुख जनक राज गौतमले जनताको सुविधा लाई मध्यनजर गर्दै आफ्नै भवनमा नगरपालिकाको कार्यालय सारिएको बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले आफ्नै भवनबाट कार्य संचालन गर्दा भाडा तिर्नु पर्ने अवस्थाको अन्त्य हुने र नगरलाई आर्थिकभार कम हुने बताउनु भएको हो ।


उद्घाटन कार्यक्रममा नगर उप-प्रमुख सुम्निमा डि.सी वली, निवर्तमान नगर प्रमुख लाेकमान बुढाथाेकी, निवर्तमान नगर उप-प्रमुख कल्पना पुन, प्रमुख प्रासकीय अधिकृत अनन्तकुमार गाैतम, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, पत्रकार, स्थानीयहरुकाे सहभागिता रहेकाे थियाे ।

बागचौर नगरपालिकाको भवन निर्माणका लागि बागचाैरका ३३ जना स्थानीयले जग्गादान र २३ जनाले नगद रकम सहयाेग गरेका थिए भने उक्त भवन बाहेक ३ करोड २९ लाखमा निर्माण गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस