११ माघ २०७९
आई.एम.ई. लाइफ इन्स्योरेन्सले दुर्घटनामा परि मृत्यु भएका सुजित सिंहको परिवारलाई बिमाको रकम हस्तान्तरण गरेको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नं.२ खलंगा गैरागाउँका स्वर्गीय सुजित सिंह थापा ( सुमित) को परिवारलाई बिमा कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।
गैरागाउँ निवासी सुजित सिंह थापा (सुमित)को गत मंसिर ११ गते बांकेमा बाइक दुर्घटनामा परि मृत्यु भएपछि उनको परिवारलाइ आई.एम.ई. लाइफ इन्स्योरेन्सले मंगलबार बिमाको रकम हस्तान्तरण गरेको आई.एम.ई.लाइफ इन्स्योरेन्स सल्यानका प्रमुख भरत रोकायले बताउनु भएको छ ।
थापाले २ बर्ष अगाडि आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सल्यानबाट रु ५ लाखको आजिवन विमा बनाई मात्रै २ किस्ता बाफतको ४८ हजार रुपैया तिरेका थिए । थापाले तिरेको ४८ हजार र मृत्युु दाबी बाफतको रकम १० लाख गरी १० लाख ४८ हजार कम्पनीले थापाको परिवारलाइ हस्तान्तरण गरेको हो ।
मृतक थापाको परिवारलाई शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी, आई.एम.ई. लाइफ इन्स्योरेन्स सल्यान शाखाका प्रमुख भरत रोकाय लगाएत अन्य कर्मचारी र पत्रकारको उपस्थितिमा बिमा रकम हस्तान्तरण गरिएको हो ।