११ माघ २०७९
सल्यानको बागचौर नगरपालिकाले तिन दिन सम्म सेवा बन्द गर्ने भएको छ ।
नगरपालिकाको कार्यालय नयाँ प्रशासनिक भवनमा सर्ने भएपछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा तिन दिन सम्म बन्द हुने भएको हो ।
नवनिर्मित प्रशासनीक भवनमा नगर कार्यपालिकाको कार्यालय सार्न लागिएकाले सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार गौतमले जानकारी दिनु भएको छ ।तिन दिन सम्म नगरपालिकाको कार्यालय ब्यवस्थापन र सामान स्थानान्तरण गर्न कर्मचारी खटिनु पर्ने भएकाले सेवा बन्द गर्नु परेको अधिकृत गौतमले बताउनु भयो ।
नगरपालिकाले माघ १० गते एक सूचना जारी गर्दै, माघ ११, १२ र १३ गते तिन दिन सम्म अत्यावश्यक वाहेकका सेवा बन्द हुने र माघ १४ देखि नगरपालिकाले आफ्नै नयाँ भवन बाट सेवा प्रवाह गर्ने बताएको छ ।सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको समेत प्रमुख प्रशासकीय अधिकृत गौतमले जनाउनु भएको छ ।