गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीयहरुमा खुसीयाली

०५ माघ २०७९

सल्यानको एक गाउँमा पहिलो पटक यात्रुबाहक गाडि पुग्दा स्थानीय बासी खुसी भएका छ्न ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. १ को दमाचौर पलाटेमा पहिलोपटक गाडि पुग्दा स्थानिय खुसी भएका हुन् ।

विहिवार गाडि उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष प्रकाश हमालले पलाटेका जनतालाई यातायात सेवाको पहुँच पुर्‍याउने प्रतिबद्धता अनुरुप आफुले काम गरेको बताउनु भएको छ ।वडा अध्यक्ष हमालले आगामी दिनमा पनि जनपक्षीय काम गर्दै अगाडि बढ्ने बताउनु भएको छ ।

छत्रेश्वरी गाउँपालिका वडा नं.१ बाट आर्थिक वर्ष २०७९/०८० मा विनियोजित रकम  ८ लाखको लागतमा जरालोटे-पोखरी-ससेखोला हुदै जलेखर्क जोड्ने सडक निर्माण कार्य सम्पन्न भए लगत्तै बस संचालन गरिएको हो ।

शारदा यातायात सेवा प्रालि सल्यानको ना ७ ख ९५५८ नम्बरको यात्रुबाहक बस गाउँमा पुग्दा स्थानियहरुमा खुसीयालि छाएको थियो ।

प्रतिक्रिया दिनुहोस