अहिले बसेकालाइ बसपार्क बनेपछि पहिलो प्राथमिकता सहित ब्यबस्थापन गर्छु : मेयर भण्डारी


३० पौष सल्यान
शारदा नगरपालिका सल्यानका मेयर प्रकाश भण्डारीले श्रीनगर बजार नजिक पर्ती एलानी जग्गामा घर टहरा बनाइ बसोबास गरिरहेका बासिन्दालाई आधुनिक बसपार्क बन्न साथ पहिलो प्राथमिकतामा राखेर ब्यबस्थापन गर्ने बताउनु भयो ।
शनिबार उक्त क्षेत्रका बासिन्दाहरु लाई भेट्न पुग्नु भएका मेयर भण्डारीले एस्तो बताउनु भएको हो ।

उहाँले स्थानीय सङ कुरा गर्दै अहिले अव्यवस्थित रुपमा रहेको बसपार्क क्षेत्रलाई ब्यबस्थित आधुनिक बसपार्क निर्माण गरिन लागेकाले सबैले यसमा सहयोग गर्न आग्रह गर्दै आफ्नो नाममा कुनै पनि घर जग्गा नभएकालाइ ब्यबस्थापन नहुदा सम्म कोठा भाडा नगरपालिकाले नै उपलब्ध गराउने बताउनु भयो ।

आफुले गरिब दुखीको पिडामा मलम लगाउने गरि शिघ्र दीर्घकालीन ब्यबस्थापनका लागि काम गर्ने र ब्यबस्थापनको क्रममा भत्केका घर टहराका ढुङ्गा समेत नगरपालिकाले खरिद गर्ने उहाँको भनाइ छ ।

आज नै अस्थायी बसपार्क भित्र बसोबास गर्ने सिउकली परियारलाई नगरपालिकाले भाडा तिरेर कोठाको ब्यबस्थापन गरिएको १ नम्बर वडा अध्यक्ष प्रदीप पाण्डेले दियो अनलाइन लाई जानकारी दिनु भयो l उहाँले घर भाडा तिर्नै नसक्ने परिवारले आफुलाइ सम्पर्क गर्न समेत अनुरोध गर्नु भयो ।
श्रीनगर बजार नजिकका पर्ती एलानी जग्गामा बनेका संरचनाको अबलोकन तथा उक्त क्षेत्रका वासिन्दाहरु लाई भेट्न नगर प्रमुख प्रकाश भण्डारीका साथै १ नम्बर वडा अध्यक्ष प्रदीप पाण्डे, १२ नम्बर वडा अध्यक्ष सुरेन्द्र बुढा, वडा सदस्य आनन्द श्रेष्ठ, श्रीनगर बजार ब्यबस्थापन समिति अध्यक्ष हपिस भण्डारी, लगायतका ब्यक्तिहरु पुग्नु भएको थियो ।
शारदा नगरपालिकाले ३५ दिने सुचना निकालेको १ दिन मात्र बाकी रहदा,हाल सम्म पनि कसैले घर टहरा नहटाएकोले माघ २ गत देखि नगरपालिका आफैले डोजर लगाएर ती घर टहरा हटाउने शारदा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस