२९ पौष २०७९
नेपाल बिधालय कर्मचारी परिषद बागचौरको नगर भेला सम्पन्न भएको छ ।
शुक्रबार भएको भेलामा बोल्दै बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले शैक्षिक क्षेत्रको बिकास गर्न नेपाल बिधालय कर्मचारी परिषदको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले परिषदका मागहरुलाई सम्बोधन गर्न नगरपालिका लागी परेको बताउनु भयो ।
यस्तै बागचौर नगर उपप्रमुख सुम्निमा डिसी ( वली) परिषदको भेला सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
नेपाल विद्यालय कर्मचारी परिषद् बागचौर नगर समितिका अध्यक्ष कृष्ण प्रकाश वलीकाे अध्यक्षतामा भएको भेलामा नेपाल विद्यालय कर्मचारी परिषद्का जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य मदन कुमार बस्नेत , कर्णाली प्रदेश सदस्य सचिव दोर्ण कुमार शर्मा, बाल विकास नगर अध्यक्ष सीता रावत वली, पत्रकार, शिक्षक, बिद्यालय कार्यालय सहयाेगी लगायतको उपस्थिति रहेको थियो ।