कर्णाली प्रदेशका मुख्यमन्त्री बने माओवादि केन्द्रका राजकुमार शर्मा

२७ पौष २०७९

नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा कर्णाली प्रदेशका मुख्य मन्त्री बन्नु भएको छ ।

नेता शर्मा माओवादी केन्द्र , नेकपा एमाले, राप्रपा र समाजवादीका २५ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो ।कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना सांसद रहेको र कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक पर्नेमा शर्मा २५ सिट सहित मुख्यमन्त्री बन्नु भएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति र राप्रपाले एक मन्त्रालयको दाबी अनुसार शर्मा मुख्यमन्त्री बन्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस