धनिराम केसी स्मृति पुरस्कार बाट पत्रकार शंकर केसी सम्मानित

२५ पौष २०७९

स्वास्थ्य पोषण पत्रकारीता पुरस्कार बाट पत्रकार शंकर केसी सम्मानितपत्रकार शंकर केसी स्वास्थ्य पोषण पत्रकारीता पुरस्कार बाट सम्मानित हुनु भएको छ ।


नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष समेत रहनु भएका केसीलाई,धनिराम के.सी स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कार बाट सम्मानित गरिएको हो ।

सोमबार सल्यान खलंगामा भएको कार्यक्रममा बोल्दै निरज केसीले,आफ्न स्वर्गीय बुवाको सम्झनामा उक्त पुरस्कार बितरण गरिएको बताउनु भएको छ ।स्वर्गीय धनिराम केसीका छोरा समेत रहेका निरज केसीले आफ्नो बुवाको ,स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै कोरोना महामारी बाट निधन भएकाले स्वास्थ्य पोषण क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान स्वरूप पुरस्कार वितरण गरिएको बताउनु भएको छ ।
आफ्ना बाबु लामो समय सम्म स्वास्थ्य क्षेत्रमा काम गर्दा गर्दै मृत्यु भएको र आफु पनि स्वास्थ्य तथा पोषण क्षेत्रमा काम गर्ने भएकाले बाबुको सम्झनामा पत्रकारलाई सम्मान गरिएको केसीले बताउनु भयो ।उहाँले आगामी बर्षहरुमा अक्षयकोष स्थापना गरेर स्वास्थ्य पोषणका क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने बताउनु भयो ।अहेबको सरकारी सेवाबाट काम गर्दै जनस्वास्थ्य अधिकृत सम्मको काम गरेका धनिराम केसीको २०७८ जेठ ६ गते कोरोना बाट अकल्पनीय निधन भएको थियो ।

 

यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले स्वर्गीय धनिराम के.सी प्रति श्रद्वासुमन सहित दुख व्यक्त गर्नु भएको छ। लामो समय देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका केसीको निधनले आफुलाई दुखि तुल्याएको र स्वर्गीय बुवाको सम्झनामा छोरा निरज केसीले पत्रकार लाई पुरस्कृत गर्ने कार्यक्रमले आफुलाई खुसी बनाएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएकाले सबै भन्दा पहिले आफ्नो स्वास्थ्य लाई ख्याल गर्न सबै पत्रकारलाई आग्रह गर्नु भएको छ ।उहाँले शारदा नगरपालिकाले गरेका राम्रा नराम्रा कामको बारेमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउनेको अध्यक्षता,शंकर केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख,प्रतिनिधि र पत्रकारको सहभागीता रहेको भने कार्यक्रमको संचालन महासंघका सहसचिव बुद्धि पुनले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस