शारदा नगरपालिका ९ मा निर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

१७ पौष २०७९
सल्यान

सल्यानको शारदा नगरपालिका ९ मा निर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ ।
शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले एक कार्यक्रमका विच सिलालेख अनाबरण गरि भवनको उद्घाटन गर्नुभएको हो ।
वडा नम्बर ९ का वडा अध्यक्ष हेमेन्द्र बहादुर बुढाथोकीको अध्यक्षतामा सुरुभएको उद्घाटन कार्यक्रममा प्रमुख अतिति शारदा नगरपालिकाका प्रमुख भण्डारी रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख भण्डारीले भवन अभावका विच स्वास्थ्य सेवा प्रवाह हुदा विरामी र स्वास्थ्यकर्मीहरुले भोग्दै आएको समस्या समाधान भएको बताउनु भयो । भवन संगै थप आवश्यक स्वास्थ्य सामाग्री र फर्निचरको व्यवस्थापन गर्ने उहाले बताउनु भयो । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमाल, पूर्व वडा अध्यक्ष चक्र बहादुर घर्ती, जिल्ला समन्वय समिति सदस्य चेतन गिरीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
स्वास्थ्य सेवा केन्द्रका प्रमुख खिमा श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममको संचालन कुलबहादुर वलीले गर्नुभएको थियो ।
शारदा नगरपालिकाको १७ लाख ६३ हजार लागतमा वडाको दोभानमा बनेको भवन उद्घाटन संगै आजबाट संचालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस