सल्यानको श्रीनगरमा दस दिने महोत्सवको उद्घाटन

१३ पौष २०७९

सल्यानकाे श्रीनगरमा १० दिने महोत्सवको उद्घाटन गरिएको छ ।


नेपाल घरेलु तथा साना उधोग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा पौष २३ गते सम्म संचालन हुने,बृहत सल्यान लघु घरेलु उधोग,कृषि पशु पर्यटन तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रकाश सिंहले याे महाेत्सवले समग्र सल्यान र कर्णालीकाे कृषि, पशु तथा घरेलु उत्पादित बस्तुहरुकाे बजारिकरण र प्रचारप्रसारमा उल्लेखनीय भुमिका खेल्ने बताउनु भएको छ । सिंहले कला सांस्कृति र घरेलु उत्पादित बस्तुहरुकाे प्रवर्द्धन गर्न पनि सबैलाइ आग्रह गर्नु भएको हो ।

कार्यक्रमका बिशिस्ट अतिथि शारदा नगरपालिकाका नगरप्रमुख,प्रकाश भण्डारी, अतिथि कपुरकाेट गाउँपालिका अध्यक्ष दुर्गा पुन, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य,गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपेन्द्र शाही,सल्यान उधोग बाणिज्य संघका महासचिव मोहन सारु लगायत विभिन्न संघ संस्था तथा कार्यालयका प्रमुखहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


कार्यक्रममा सांस्कृतिक झाँकीहरु र्याली समेत प्रस्तुत गरिएको थियो । सल्यानका विभिन्न माैलिक नाचहरु (मयुर, बनगाडी टप्पा, पैसेरू)काे झाँकी प्रदर्शनी सहित महाेत्सवकाे उद्घाटन गरिएकाे हाे ।नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष प्रेम डाँगीकाे सभाअध्यक्षता र उपाध्यक्ष सुमननाथ याेगीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन महासचिव मनबिर बस्नेतले गर्नु भएको हो ।

भाेलि हुने सांस्कृतिक कार्यक्रममा चर्चित लाेक दाेहाेरी गायक गाेपाल नेपाल जिएमकाे प्रस्तुती रहने समेत आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस