सल्यानमा पोषण सहजकर्ताको लागी तीन दिने तालिम सम्पन्न

१२ पौष २०७९/ बिमला बस्नेत                                    सल्यानमा पोषण सहजकर्ताको लागी तीन दिने प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई बागचौरको आयोजनामा सल्यान बरलामा भएको तीन दिने तालिममा, सल्यान बागचौर नगरपालिका, दार्मा गाउँपालिका, कुमाख गाउँपालिका र रुकुम पश्चिमको त्रिवेणी, मुसिकोट, चौरजहारीका विभिन्न वडाहरूमा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविका हरूलाई,पोषण सहजकर्ता तालिम दिइएको हो ।

कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानिमा संलग्न रहेका कृषक परिवारका महिलाहरूलाई पोषण पाठशाला सञ्चालनमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सहजीकरण गर्ने उधेश्यका साथ उक्त तालिम संचालन गरिएको पोषण अधिकृत सन्तोष दुवेले बताउनु भएको छ ।पोषण पाठशालामा पोषण सम्बन्धी सचेतना अभिवृद्धि गराइ पोषणमा सुधार गर्ने कार्यक्रमको उद्देश्य रहेको अधिकृत दुवेले बताउनु भयो ।

k
तीन दिन सम्म संचालन भएको तालिममा पोशिलो खाना, पोषण तथा कुपोषण, किशोरी अवस्था, गर्भवती अवस्था, सुत्केरीको पोषण, सुनौलो हजार दिन, न्यूनतम खाद्य विविधता, पोषण प्रवर्द्धन तथा प्रसार प्रचार, पोषण बगैँचा, बहुक्षेत्रिय पोषण योजना व्यक्तिगत सरसफाइ लगायतका विविध विषयमा सहभागीहरुलाई तालिम दिइएको थियो ।

तालिममा लैङ्गिक समानता तथा पोषण अधिकृत सन्तोष कुमार दुवे र सुआहाराका तोरन बुढाथोकीले प्रशिक्षण दिनु भएको थियो भने, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई ब्याग, प्रमाणपत्र र पोषण सम्बन्धी बुकलेट इकाई प्रमुख प्रकाश पौडेलले वितरण गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस