लोकसेवा आयोगका वैकल्पिक उम्मेदवार लाई गाउँपालिकाले नियुक्ति गर्दै

०८ पौष २०७९/रमिला मैनाली

सल्यानको कपुरकोट गाउँपालिकाले लोकसेवा आयोगको वैकिल्पक सूचीमा रहेका उम्मेदवारलाई कृषि स्नातक प्राविधिक छैटौँ पदमा करारमा नियुक्त गर्ने भएको छ ।

कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली द्वारा हस्ताक्षरित सुचनाको अधारमा लोक सेवा आयोगको वैकल्पिक सुचिमा रहेका उम्मेदवार लाई गाउँपालिकाले सिधै नियुक्ति दिने भएको हो ।

विहीबार जारी गरेको सूचना अनुसार गाउँपालिकाले कृषि स्नातक प्राविधिक छैटौँ पदमा पौष १ गते लिखित परिक्षा सञ्चालन गर्दा कुनै पनि उम्मेदवार उत्तिर्ण नभएकाले लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबाट लिखित तथा अन्तरवार्ता उत्तिर्ण गरेका वैकल्पिक तथा अस्थायी सुचिमा रहेका उम्मेदवारलाई सात दिन भित्र गाउँपालिकाको कार्यालयमा आवश्यक कागजात सहित सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस