प्रेस काउन्सिल नेपालको अन्तरक्रिया कार्यक्रम सल्यानमा सम्पन्न

०८ पौष २०७९/बिमला बस्नेत

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेलवासेले पत्रकार बिज्ञ नभए पनि जानकार हुन आवश्यक रहेको बताउनु भएको छ ।

बिहिवार सल्यान खलंगामा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बेलवासेले,पत्रकार सबैक्षेत्रमा जानकार हुनुपर्छ तर बिज्ञ बन्न खोज्न नहुने बताउँनु भएको हो । पत्रकार आचारसंहिता, पत्रपत्रिका वर्गीकरण एवं मिडिया विकास कोषको सुविधा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै,उहाँले कुनै पनि पत्रकारले आचारसंहिताको बेवास्ता गर्दै अघिबढ्दा कानुनअनुसार सजायको भागिदार बन्नुपर्ने बताउनु भएको छ ।
उहाँले पछिल्लो समय पत्रकार र सञ्चारमाध्यमको संख्यामा उल्लेख्य वृद्धि भएकाले समाचारको गुणस्तरमा पनि सुधार हुनुपर्ने,पत्रकारले आचारसंहिताको पुर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो थियो ।


यस्तै पत्रपत्रिका मूल्याङ्कन र वर्गीकरणका विषयमा प्रस्तुतिकरण राख्दै काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीले प्रेस स्वतन्त्रताको दुरुपयोग नगर्न आग्रह गर्नु भएको छ ।उहाँले प्रेस काउन्सिलले मिडिया अनुगमनलाई थप सशक्त बनाउने बताउनुभयो । अहिले पत्रिकाहरुको बर्गीकरण भैरहेकाले अवका दिनमा रेडियो र अनलाइन सञ्चारमाध्यमहरुको पनि बर्गिकरणको तयारीमा आफुहरु रहेको बताउनु भयो ।अधिकारीले ‘पत्रकारिता क्षेत्रको संस्थागत विकास गर्न सके मात्रै पत्रकारको भलो हुने बताउनु भयो ।

कार्यक्रममा मिडिया विकास कोषको सुविधाका विषयमा प्रस्तुतिकरण राख्दै काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले मिडिया विकास कोष पत्रकार र मिडियाको भलाइका लागि स्थापना गरिएको बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएका तर पत्रकारिता क्षेत्रमा नै रहेर निरन्तर काम गर्नसक्ने सम्भावना बोकेका पत्रकार र सञ्चारमाध्यमलाई यस कोष मार्फत सहयोग गरिने उहाँको भनाइ रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आचारसंहिता पत्रकारको महत्त्वपूर्ण औजार भएको बताउनु भएको छ । उहाँले पत्रकार आचारसंहिता पत्रकारले मात्रै नभएर सबै सरोकारवाला निकायहरुले पनि जान्नु र बुझ्नुपर्ने बेला आएको बताउनुभयो । आचार्यले जिल्लाको पत्रकारीता विकासमा आफुहरुले पनि सके जति सहजीकरण गर्ने बताउनु भयो ।
यस्तै जिल्ला हुलाक कार्यालय सल्यानका अधिकृत धिरेन्द्र भण्डारीले पत्रकार, सञ्चारसंस्था, राज्यका निकाय सबै जिम्मेवार भए पत्रकारिता क्षेत्रका विकृति रोक्न सकिने बताउनु भएको छ ।हुलाक अधिकृत भण्डारीले जिल्लाका सञ्चारमाध्यमहरुलाई अझै सशक्त बनाउन आग्रह गर्नु भएको हो ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको संयोजनमा भएको कार्यक्रममा
सहभागीहरुले पत्रकारितामा विश्वसनीयता बढाउन,पत्रकार आचारसंहिताको पुर्ण पालनामा जोड दिनु पर्ने बताएका थिय ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलको अध्यक्षता,उपाध्यक्ष शंकर केसीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सल्यानका सचीव टिकाराम भण्डारीले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस