सल्यानको दार्मा गाउँपालिकामा एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न

०२ पौष २०७९/महेश वली

सल्यानको दार्मा गाउँपालिकामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

दार्मा गाउँपालिकाको आयोजना र आँखा उपचार केन्द्र श्रीनगर को प्राविधिक सहकार्यमा भएको उक्त शिविरमा २सय १७ जना बिरामीको निशुल्क रुपमा आँखा चेकजाँच गरिएको छ । शुक्रबार भएको उक्त शिविर बाट ३६ जना मोतिबिन्दु रोगका बिरामीको पहिचान गरिएको हो । पहिचान गरिएका मोतिबिन्दु रोगका बिरामीहरुको पौष ३ र ४ गते श्रीनगरमा हुने शिविरमा अप्रेसन गरिने आँखा उपचार केन्द्र श्रीनगरकी कार्यालय प्रमुख नविना चौधरीले बताउनु भएको छ ।

दार्मामा भएको एक दिने निशुल्क आँखा चेकजाँच शिविरले स्थानीयहरुलाई सहज भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले बताउँनु भयो ।

प्रतिक्रिया दिनुहोस