१ पौष २०७९/ बिमला बस्नेत
सल्यानको बागचौर नगरपालिका वडा नं.१२ बाफुखोलामा रहेको दुर्गा सरस्वती माध्यमिक बिधालयको ४७ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले शिक्षाको गुणस्तर वृद्धि गर्न बागचौर नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले दुर्गा सरस्वती माध्यमिक बिधालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदान र बिधालयको प्रभाव राम्रो रहेको भन्दै बिधालयको स्तर वृद्धिमा जोड दिनु भएको छ ।उहाँले आफ्नो कार्यकालमा बिधालयको शैक्षिक स्थिति सुधार गर्नुका साथै भौतिक पुर्वाधार निर्माणमा पनि जोड दिने बताउनु भएको हो ।
यस्तै बार्षिक उत्सव कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बागचौर नगरपालिकाकी उपप्रमुख सुम्निमा डीसी ( वली)ले दुर्गा सरस्वती माध्यमिक बिधालय दक्ष जन शक्ति उत्पादन गर्ने पाठशाला भएको बताउनु भएको छ ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेकी वलीले
रोल्पा जिल्लाका विद्यार्थीहरुले समेत अध्यन गर्ने उक्त बिधालयको शैक्षिक सुधारलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको हो ।
कार्यक्रममा विद्यालयले चार जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।कालू लिला एण्ड प्रेम बुद्धि अक्षयकोष द्वारा उनिहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।बागचाैर नगरपालिका १२ निवासी प्रेमकली वलीले १लाख ११हजार २सय २७ प्रकाश लाल वली र कलि वलीले १लाख ५१हजार १सय २७ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेते वलीकाे अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वली, वडा नं. ११ का वडा अध्यक्ष केश बहादुर भण्डारी, कार्यपालिका सदस्य रेखा कुमारी डाँगी, शिक्षक, बिद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, वडावसी लगायतको सक्रिय सहभागीता रहेको थियोे । कार्यक्रमकाे सहजीकरण विद्यालयका प्रधानाध्यापक नेव बहादुर वली गर्नुभएको हो ।