सल्यानको थारमारेमा दुई दिने निशुल्क आँखा शिविर संचालन

२९ मंसीर २०७९

सल्यानको थारमारेमा दुई दिने निशुल्क आँखा शिविर संचालनमा आएको छ ।

शुक्रवार सम्म संचालन हुने आँखा शिविरको पहिलो दिन ३ सय ७६ जना बिरामीहरुको आँखा चेक जाच गरिएको छ ।                 नेपाल नेत्रज्योति संघ,एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालीत राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग र नेपाल नेत्रज्याेति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको सहयाेग तथा बागचौर नगरपालिकाकाे स्थानीय ब्यवस्थापनमा भएको आँखा शिविरको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले आँखा मान्छेको अभिन्न अंग भएको र त्यसलाई विभिन्न रोगलाग्न बाट जोगाउन सबै सचेत हुनु पर्ने बताउनु भएको छ ।नगर प्रमुख गौतमले उक्त शिविर बाट नगर भित्रका सयौ मान्छेहरुले सेवा लिने भन्दै आयोजक लाइ धन्यवाद दिनु भएको हो ।

                                                                         शिविरको पहिलो दिन ६७ जना मोतिविन्दुको बिरामीहरुको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पताल रक्षाचौर दाङका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार नेत्रविशेषज्ञ डा सन्ताेष सुवेदीको नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिदै आएको हो ।

प्रतिक्रिया दिनुहोस