२० मंसीर २०७९
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागचौर नगर समितिको वैठक सम्पन्न भएको छ ।
सोमबार सम्पन्न भाएको पार्टीको ५ औ पुर्ण बैठकमा मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समिक्षा गरिएको थियो ।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेक बहादुर बस्नेतले पार्टीको मुल शिद्वान्त जस्ले छोड्छ त्यो विचलनमा पर्ने बताउनु भएको छ ।बैठकका प्रमुख अतिथी समेत रहेका बस्नेतले,मंसिर ४ मा भएको आम निर्वाचन प्रतिगामीका विरुद्धको लडाइँ भएको र त्यसमा आफुहरुले जित हाँसिल पार्न सफ़ल भएको बताउनु भयो ।पार्टीको नेता सवै हुन सक्ने तर नेतृत्व गर्न कठिन हुने पछिल्लो राजनीतिक प्रवेशमा सल्यानमा सकसपुर्ण वातावरण रहँदा-रहँदै पनि गठबन्धनका उम्मेदवारलाई विजय बनाउन आफुहरु सफल भएको बस्नेतले बताउनु भयो ।पुर्व मन्त्री समेत रहेका बस्नेतले गठबन्धनका उम्मेदवारहरु देशै भरी विजय भएको भन्दै त्यसमा माओवादीको ईमानदारीता र कुशल नेतृत्व भएको रहेको बताउनु भएको छ ।
आम निर्वाचन बाट सल्यान प्रदेश सभा ( क) मा बिजयी बनेका भिम प्रकाश शर्माले मंसीर ४ को निर्वाचनबाट सल्यानमा माओवादी केन्द्र एकताबद्ध भएको बताउनु भएको छ ।दुवै क्षेत्र र संघमा गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीका नेता कार्यकर्ता दृढताका साथ लागेको भन्दै गठबन्धन दलका सम्पुर्ण नेता कार्यकर्ता र मतदातालाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
प्रदेश सभा सदस्य शर्माले पार्टीको सुदृढीकरण गर्नको लागि विगत र वर्तमानको समीक्षा सधै गर्नु पर्ने र आफुले आफ्नो कार्यकालमा सल्यान प्रदेश सभा (क) को बिकासका लागि काम गर्ने बताउनु भएको छ ।
बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रत्नलाल वली, प्रदेश समिति सदस्य ज्ञान बहादुर वली, टिकाराम वली, सुम्निमा डि.सी र कविराम बस्नेत लगाएतका नेताले पार्टीका नकारात्मक पक्षलाई केलाउदै सकारात्मक ढंग बाट अगाडी बढ्नु पर्नेमा जोड दिनु भयको थियो ।
पार्टीका बागचौर नगर समिति अध्यक्ष शोभाराम भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण सचिव दिपक वलीले गर्नु भएको हो ।