एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको गाउँ नगर सम्मेलनमा तिब्रता

१८ मंसीर २०७९

एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानले नगर सम्मेलन र गाउँ सम्मेलनलाई तीव्रता दिन थालेको छ ।

संगठनको जिल्ला सम्मेलन र केन्द्रीय सम्मेलन लाई मध्यनजर गर्दै उक्त अभियान लाई तिब्रता दिएको बताइएको छ ।शनिबार मात्र जिल्लाका तीन पालिकामा सम्मेलन सम्पन्न गरिएको छ ।बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कुमाखगाउँपालिकामा सम्मेलन सम्पन्न गरिएको हो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगरको
दाेस्राे नगर सम्मेलन बाट नरेशकुमार केसी अध्यक्ष बन्नु भएको छ।केसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको र जसकाे वरिष्ठ उपाध्यक्षमा मुक्तिनाथ शर्मा, महिला उपाध्यक्ष पार्वता खडका, सचिव लाेकेन्द्र बुढाथोकी र काेषाध्यक्ष दिपेन्द्र वली रहनु भएको छ । त्यस्तै दार्मा गाउँपालिकाको तेस्रो सम्मेलन बाट कवि कुमार चन्दकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । जसकाे वरिष्ठ उपाध्यक्षमा दिपक शर्मा, उपाध्यक्ष भाेपाल खडका, महिला उपाध्यक्ष सावित्री मल्ल, सचिव कमल बहादुर थापा र काेषाध्यक्षमा अमर मल्ल रहनु भएको छ ।यस्तै कुमाख गाउँपालिकाको दोस्रो सम्मेलन बाट सुकदेव थापाको अध्यक्षतामा पछि ६ सदस्य थप्ने गरि २५ सदस्यीय गाउँ संगठन निर्माण गरिएको अखिल नेपाल शिक्षक संगठन सल्यानका सचीव हिरालाल नेपालीले बताउनु भएको छ ।


सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा पूर्व मन्त्री टेकबहादुर बस्नेतले अखिल नेपाल शिक्षक संगठन पार्टीको एउटा बौद्धिक जनवर्गीय संगठन भएको बताउँनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बस्नेतले देश परिवर्तनको लागि उक्त संगठनले महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो ।तिनै ठाउँमा भएका कार्यक्रममा माओवादी केन्द्रका नेता,जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरु र शिक्षकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस