सल्यानमा शारीरिक रुपमा अपाङ्गता भएका ब्यक्ति लाई न्यानो कपडा वितरण

१७ मंसीर २०७९

सल्यानमा अपाङ्गता भएका ब्यक्तिहरुको लागि अपाङ्गता र मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया का साथ न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरुको ३१ औ अन्तरास्ट्रिय दिवसको अवसरमा शनिबार शिवजन माध्यमिक बिधालय शितलपाटीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले शारदा नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिको पहिचान गरि उनिहरुले पाउने सेवा सुविधालाई नगरपालिका बाट उपलब्ध गराउने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले आन्तरिक आर्थिक स्रोत लाई बढाएर अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि अवसर दिन नगरपालिको दृर्घकालिन योजना रहेको बताउनु भयो ।उहाँले शारदा नगरपालिका भित्र अपाङ्ग मैत्री भौतिक पुर्वाधार न भएको र त्यस तर्फ पनि आफ्नो ध्यान गएको बताउनु भयो ।भण्डारीले सल्यानको प्रमुख ब्यापारीक केन्द्र श्रीनगरमा रहेको बस पार्क निर्माणको कार्यलाई तत्कालै तिब्रताका साथ अगाडि बढाउने बताउनु भयको छ ।उहाँले शारदा नगरपालिकाको आन्तरिक आयस्रोतको बलियो माध्यम श्रीनगर बसपार्क बन्न सक्ने भन्दै नगरको समृद्धिका लागि सवै लागि पर्नु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै सिएमसी नेपालका कर्णाली प्रदेश संयोजक हिमाल गैरेले अपांगता भएका ब्यक्तिहरुलाई उनिको क्षमता अनुसारका अवसरहरु दिनु पर्नेमा जोड दिनु भएको छ् । अपाङ्ग ब्यक्तिहरुले पनि समाजमा केही नमुना काम गर्न सक्ने भन्दै उनिहरुलाई कुनै पनि अवसरको कमि हुन नदिन सरोकारवाला निकायहरुलाई आग्रह गर्नु भयो । गैरेले ग र घ बर्गका अपाङ्गता भएका ब्यक्तीले भौतिक काम सम्म गर्न सक्ने भएकाले उनिहरुलाई उत्पादनशिल्तामा जोड्नु पर्ने बताउनु भयो ।

समावेशी विकासका लागि रुपान्तरित समाधान,पहुँचयुक्त र समतामूलक विश्वकालागी उर्जाबान सृजनशिल्ताको प्राबधान भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा कार्यक्रमका बिशिस्ट अतिथि शारदा नगरपालिका वडा नं.१का वडा अध्यक्ष प्रदिप पाण्डे,अतिथिहरु जिल्ला प्रशासन कार्यालय सल्यानका प्रशासकीय अधिकृत लक्ष्मण सिंह राठौर,शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल,मानसिक स्वास्थ्य स्वावलम्बन समुहका अध्यक्ष उत्तरा बिशिस्ट,शिवजन माध्यामिक विधालय शितलपाटीका सहाय प्रधानाध्यापक शिवलाल थापा,शिक्षक राजेश कुमार अर्याल लगाएत सर्वसाधारण,शिक्षक,विद्यार्थी पत्रकार,मनोसामाजिक परामर्श कर्ता लगाएतको सहभागीता रहेको थियो ।

शारदा नगरपालिका सल्यान र सामाजिक बिकास कार्यालय सल्यानको आयोजना,सी.एम.सी.नेपाल,फेल्म नेपाल,कल्याणकारी अपाङ्ग सेवा संघ सल्यान र मानसिक स्वास्थ्य स्वावलम्बन समुह जिल्ला संजाल सल्यानको सहकार्यमा भएको कार्यक्रममा शिवजन माध्यमिक बिधालय शितलपाटी,त्रिभुवन जनता माध्यामिक बिधालय भोटेचौरका शारीरिक रुपमा अपाङ्गता भएका बिद्यार्थी र वैदेशिक रोजगारमा रहेका परिवार र मनोसामाजिक रुपमा अपाङ्गता भएका परिवारका ४० जना बालबालिकालाई न्यानो कपडा बितरण गरिएको हो ।


शारदा नगरपालिकाकी उप प्रमुख सुस्मिता सापकोटाको अध्यक्षता र सामाजिक बिकास कार्यालय सल्यानका कार्यालय प्रमुख कृष्ण प्रशाद अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन कल्याणकारी अपांग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बुढाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस