सल्यानको बागचौरमा २ दिने अपाङ्गता पहिचान तथा परिचय पत्र बितरण शिविर सम्पन्न

१६ मंगसीर २०७९
सल्यानको बागचौर नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नको लागि २ दिने शिविर सम्पन्न गरेको छ ।

नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुले पाउने सेवा सुविधालाई सहज तरिकाले प्रवाह गर्ने उधेश्यले संचालन गरेको दुई दिने अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर बाट २ सय ६९ जना ब्यक्तिले  सेवा लिएका छन् ।

 

बागचौर नगरपालिकाको आयोजना र युरोपियन युनियन, सेफ द चिल्ड्रेन, सिविसको सहकार्यमा संचालन गरिएको शिविर बाट अपाङ्गता भएका व्यक्तिको प्रकृति हेरी उनिहरुको पहिचान गरेर परिचयपत्र दिइने बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले बताउनु भएको छ।
राज्य बाट पाउने सेवा सुबिधा बाट बन्चित हुन नदिन र अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी गराउनको लागि नगरपालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान गरि परिचयपत्र दिन सुरु गरिएको नगर प्रमुख गौतमले बताउनु भएको हो । गौतमले शिविर बाट छनोट भएका व्यक्तिहरुलाई तत्कालै प्रत्येक वडा कार्यालय बाट परिचय पत्र वितरण गरिने बताउनु भएको छ ।

यस्तै शिविर बारे बोल्दै बागचौर नगर उपप्रमुख सुम्निमा डि.सी वलीले फरक क्षमता भएको व्यक्तिहरुको पहिचान गरि उनिहरुलाई आगामी दिनमा विभिन्न सिप बिकासका कार्यक्रमहरुमा सहभागिता गराउने बताउनु भएको छ ।उहाँले बागचौर नगरपालिकामा आफुहरुले जनतालाई प्रत्येक्ष लाभ हुने कार्यमा जोड दिदै आएको समेत बताउनु भयो ।

शिविर बुधवार प्राथमिक स्वास्थ्य केन्द्र थारमारे र बिहीबार काेटबारा स्वास्थ्य चाैकीमा संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस