अखिल (क्रान्तिकारी ) राप्ती इन्जिनियरिङ कलेज घोराहीको  अध्यक्षमा डाँगी चयन

१५ मंसीर २०७९

अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज दाङ घोराहीको चौथो मुल इकाई सम्मेलन सम्पन्न भएको छ ।


सम्मेलन बाट लोकेन्द्र डाँगीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरिएको छ।सल्यान बागचौर नगरपालिका वडा नं. ९ घर भएका डाँगी अध्यक्ष रहेको उक्त संगठनमा उपाध्यक्ष,तुलासिहँ धामी, खुसी भण्डारी, केशब बस्नेत, बिबेक सुनार सचिवमा रोनिशा खड्का, सह-सचिवमा उमेश सुनुवार , जोतेन्द्र यादब, प्राप्ती थापा र कोषाध्यक्षमा तपेन्द्र जिसि रहेका रहनु भएको छ ।

सम्मेलनमा बोल्दै संगठनका केन्द्रिय सदस्य जंग रोकाले संगठन लाई जुझारु गराउन उक्त विचारमा गोलबद्व सवै लाई आग्रह गर्नु भएको छ ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रोकाले अखिल (क्रान्तिकारी) को भुमिका शैक्षिक सुधारको क्षेत्रमा महत्त्वपूर्ण रहेको बताउँनु भयो ।

अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज इकाई कमिटी अध्यक्ष गोबिन्द मल्लको अध्यक्षता, संगठनका दाङ जिल्ला कार्यालय सदस्य डिभाइड शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रिय सदस्य जंग रोका, बिशिस्ट अतिथी जिल्ला संयोजक गिर बहादुर महराको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन रोनिशा खड्काले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस