२१ साउन २०७९ /बिमला बस्नेत सल्यानमा जंगली च्याउ खादा एकजना बालिकाको मृत्यु भएको छ।
जिल्लाको शारदा नगरपालिका – ४ साइलाकम्दका केशर बस्नेतकी चार बर्षिया छोरी जोसना बस्नेतको शनीवार मृत्यु भएको हो ।
शुक्रवार जंगलबाट ल्याएको च्याउ खाएर बिरामी भएकी बालिकालाई सल्यान जिल्ला अस्पतालबाट थप उपचारकालागी प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको र उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
च्याउ खाएर बिरामी भएका केशर बस्नेतकै ९ बर्षिय छोरा जोन बस्नेतको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको प्रहरिले बताएको छ । च्याउ खाएर बिरामी भएका साइलाकम्दकै ४० बर्षिया मिना बस्नेत र उनकी छोरी २५ बर्षिया पबित्रा बस्नेतको बाँकेको नेपालगन्जमा उपचार भैरहेको छ ।
यस्तै जंगली च्याउ खाएर बिरामी भएका बनगाड कुपिन्डे नगरपालिका – ९ जयतपानीका एकै घरका ४ जनाको उपचारपनि जारी रहेको छ । ४८ वर्षीय भुप बहादुर वली, उनको ४५ वर्षीया श्रीमती मनकलि वली, २३ वर्षीय छोरा प्रकाश वली र बुहारी २१ वर्षीया सुशिला वलीको उपचार भैरहेको हो ।
सल्यान जिल्ला अस्पतालबाट सामान्य उपचारपछि गएरातिनै प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएका उनिहरुको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताइएको छ ।