सल्यानमा समानुपातिक भन्दा प्रत्यक्ष तर्फ बढी मत बदर

१३मंसीर२०७९

सल्यानमा समानुपातिक भन्दा प्रत्यक्ष तर्फ बढी मत बदर भएको पाइएको छ ।        मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको भोट गणना सकिएसँगै समानुपातिक भन्दा प्रत्यक्ष तर्फ धेरै बदर मत भेटिएको छ।

मतदाता शिक्षाको कमि र दलहरु बिच भएको चुनावी तालमेलनै मत बदर हुने प्रमुख कारण भएको बताइएको छ ।एउटै मतपत्रमा एक भन्दा बढी ठाउँमा मतदान गरेको,औंला छाप लगाएको, मसि लत्पतिएको मत पत्र समेत फेला परेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

सल्यानमा कुल १ लाख ५७ हजार ७ सय १ मतदाता मध्ये ८३ हजार ७ सय ४ मत खसेको थियो र उक्त मत मध्य ७ हजार ३ सय ७६ मत बदर भएको छ । जुन कुल खसेको मतको ८.८१प्रतिशत हो ।

प्रतिनिधि सभा समानुपातिकमा भने ८४ हजार ७ सय ८९ मत खसेको थियो त्यस मत मध्य ६ हजार २ सय १५ मत बदर भएको छ । जुन कुल खसेको मतको ७.३३ प्रतिशत हो ।

यस्तै प्रदेश सभा तर्फ पनि समानुपातिक भन्दा प्रत्यक्षमा धेरै मत बदर भएको पाइएको छ ।

क र ख प्रदेश सभा रहेको सल्यानमा दुबै प्रदेशमा (प्रत्यक्ष तर्फ) ८३ हजार १ सय ९५ मत खसेको थियो । जसमा ४ हजार ३ सय ४० मत बदर भएको छ । जुन कुल खसेको मतको ५.२२ प्रतिशत हो ।

त्यस्तै प्रदेश सभा समानुपातिक तर्फ ८२ हजार ९ सय ९८ खसेको मत मध्ये ६ हजार २ सय ३१ मत बदर भएको छ (कुल खसेको मतको ७.५१प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस