काठमाण्डौ थापाथलीको सुकुम्बासी बस्तीमा झडप महानगर प्रहरी प्रमुख सहित १४ जना घाइते

१२ मंसीर २०७९

काठमाण्डौ थापाथलीस्थित बागमती नदिको किनारमा रहेको सुकुम्बासी बस्तिमा झडप पर्दा १४जना प्रहरी घाइते भएका छन् ।

 


अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीमा एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि महानगर प्रहरी र स्थानीयवासी बिच भएको झडपमा परि महानगर प्रहरी वलका प्रमुख नगर उपरीक्षक राजु पाण्डे सहित १४ जना गाइते भएका हुन ।स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर पालिकाले बताएको छ ।

 

घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको
नर्भिक अस्पतालका सुरक्षा अधिकृत रामकृष्ण बलामीले बताउनु भएको छ ।बलामीले १४जना घाइतेको उपचार नर्भिक अस्पतालमा भैरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस