सवारी दुर्घटनामा परि सञ्चारकर्मी महावीर बिश्वकर्माको निधन

६ मंसीर २०७९

सवारी दुर्घटनामा परि सञ्चारकर्मी महावीर बिश्वकर्माको मृत्यु भएको छ ।

मंगलवार राप्ती नगरपालिका वडा नं.६ को हर्दिमा भएको सवारी दुर्घटनामा परि सञ्चारकर्मी विश्वकर्माको मृत्यु भएको हो ।

राप्ती नगरपालिका वडा नं.४ सुन्दरबस्ती चितवन आफ्नो घर बाट
काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा बिग्रेर रोकि राखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा,बा ४ ख ४१२ नम्बरको माईक्रो बस ठोकिदा बिश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य पाँच जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय काठमाण्डौ बस्दै आएका बिश्वकर्मा निर्वाचनमा मतदान गर्न चितवन आएको र कार्यक्षेत्रमा फर्कने क्रममा उक्त घटना भएको उनका आफन्तको भनाई छ ।

प्रतिक्रिया दिनुहोस