जिल्ला प्रशासन कार्यालय सल्यान द्वारा मंसीर ५ सम्म अत्यावश्यक बाहेक अन्य सेवा स्थगन

२९ कार्तिक २०७९

जिल्ला प्रशासन कार्यालय सल्यानले मंगलवार देखि अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगन गर्ने भएको छ

मंसीर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन लाई केन्द्रिय गरेर अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयले मंगलवार जारी गरेको सूचनामा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु मतदान केन्द्रहरुमा खटिने भएकाले कार्तिक ३० गते देखि मंसीर ५ गते सम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु स्थगन गरिएको बताइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का द्वारा हस्ताक्षरित सुचनामा कार्तिक ३० गते देखी मंसीर ५ गते सम्म शान्ति सुरक्षा,विपद ब्यवस्थापन र नागरिता वाहेक अन्य सेवाहरु (राहदानी,राष्ट्रिय परिचयपत्र ) लगाएतका सेवा स्थगन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस