शारदा नगरपालिकाले घरघरमै पुगेर दिन थाल्यो स्वास्थ्य सेवा

२५ कार्तिक २०७९

सल्यानको शारदा नगरपालिकाले घर घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको छ ।

पालिकाले नगरभित्र बसोबास गर्ने ७० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको हो । सोही अभियान अन्तर्गत वडा नम्बर १३ स्यानीखालमा घरमै पुगेर स्वास्थ्य चेकजाँच गरिएको छ ।वडा अध्यक्ष जङ्ग बहादुर बुढाको नेतृत्वमा स्वास्थ्य चौकी स्यानीखालका स्वास्थ्यकर्मी घर घरमा पुगेर ७० माथिका स्वास्थ्य संस्था सम्म आवतजावत गर्न नसक्ने जेष्ठ नागरिक, अशक्त अपाङ्गहरुको स्वास्थ्य परिक्षण गरिएको शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले बताउनु भएको छ ।

 

सहज स्वास्थ सेवा दिने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको र
३/३ महिनाको फरकमा घरमै पुगेर स्वास्थ्य सेवा दिइने स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस