२४ कार्तिक २०७९
सल्यान कारागार भित्र अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ् ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सल्यान कारागारका १८ जना कैदिबन्दिले मतदान गर्न पाउने भएपछि अस्थायी मतदान केन्द्र स्थापना गरिने जिल्ला कारागार सल्यानले जनाएको छ ।
विभिन्न मुद्दामा कारागार चलान भएका ४ महिला र १४ पुरुष गरी १८ कैदीबन्दीले मतदान गर्न पाउने,निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भट्टराईले बताउनु भयो ।
भट्टराईले मतदाता नामावली संकलनका समयमा दर्ता गराएका कैदीबन्दीहरुले मात्र मतदान गर्न पाउने व्यवस्था भएकाले मतदाता नामावली भएका १८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने बताउँनु भयो ।उहाँलेक कैदीबन्दीहरुले कारागारबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिकमा मात्र मतदान गर्न पाउने बताउनु भयो ।
जिल्ला कारागार सल्यानमा १ सय २८ कैदि बन्दी रहेको
जिल्ला कारागार प्रमुख राजन कडेलले बताउनु भयो ।कडेलका अनुसार कारागारमा २ नाबालक, र १ सय २६ कैदीबन्दी रहेका छन्