२३ कार्तिक २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानले पनि जिल्लामा चुनावी गतिविधि हरुलाई अगाडि बढाएको छ ।
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सल्यानमा चुनावी गतिविधि लाई तिब्रता दिएको पाटीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पवन राज देवकोटाले वताउनु भएको छ ।
जिल्लाको समग्र विकास,भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नको लागि आफ्नो उम्मेदवारी परेको भन्दै मङ्सिर ४ मा हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभा सदस्यको पदमा आफू लगाएत समानुपातिककि उम्मेदवार योगमाया घर्तिलाई घण्टी चिन्हमा मतदान गरि विजयी गराउन जिल्ला वासीलाई अनुरोध गर्नु भएको छ । देवकोटाले आफुहरुले अहिले जिल्लाका अधिकांश भुभागमा गरेका चुनावी भेटघाट कार्यक्रममा आफ्नो पार्टी प्रती जनताको लहर बढ्दै गएको बताउनु भएको छ । पछिल्लो समयमा जनतामा आफ्नो पार्टी प्रती विश्वास वढ्दै गएको र सल्यान जिल्ला बाट जनताले आफुहरुलाई विजय गराउने विश्वास व्यक्तगर्नु भयो ।
लामो समय सम्म जिल्लामा विभिन्न सामाजिक कार्यमा आवद्ध हुनु भएका प्रतिनिधि सभा सदस्यका प्रत्येक्ष उम्मेदवार पवन राज देवकोटा र समानुपातिक उम्मेदवार योगमाया घर्तिले देशको निकास दिन सक्ने शक्ति राष्ट्रिय स्वतन्त्र पाटीनै हुने बताउनु भएको छ।