माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आकस्मिक रुपमा सल्यान खलंगामा

२२ कार्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) मंसीर ४ पछि गठबन्धनकै सरकार बन्ने बताउनु भएको छ ।


मङ्गलवार प्रेस सेन्टर सल्यानले सल्यान खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अग्रगमनकारीको नै सरकार बन्ने बताउँनु भएको हो ।हेलिकप्टरमा सुर्खेत जाने क्रममा माैसम खराबका कारण सल्यान खलंगामा अवतरण भएका प्रचण्डले पत्रकारहरुसँग संछिप्तमा कुराकानी गर्दै आफु प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने र यदि प्रधानमन्त्री बन्ने अवसर आए पछि पछि नहट्ने समेत बताउँनु भएको छ ।


कार्यक्रममा उहाँले देशकाे राजनीतिकाे किङ मेकर पनि माओवादी केन्द्र भएको दाबी गर्नु भएको छ ।७४ सालको निर्वाचनमा एमालेलाइ ठुलाे पार्टी बनाएकाे र अहिले कांग्रेसलाइ ठुलाे पार्टी बनाउन लागेकाे भन्दै माओवादी नेपालकाे राजनीतिमा किङ मेकरकाे रुपमा रहेकाे बताउनु भयो ।

उहाँले मंसिर ४ हुने निर्वाचनमा जनताले प्रतिगमनकारी लाई पाखा लगाएर अग्रगमनकारीलाई बिजय गराउने बताउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस