लोक वामगठबन्धनका उम्मेदवार शर्मा भोट माग्न व्यस्त

२१ कार्तिक २०७९

सल्यान प्रदेशसभा ( क) उम्मेदवार भिम प्रकाश यति वेला भोट माग्नमा व्यस्त देखिनु हुन्छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको लागि लोक बामगठबन्धन बाट उम्मेदवार वनेका माओवादी केन्द्रका नेता शर्मा प्रदेश सभा (क) का गाउँवस्तिमा पुगेर भोट माग्नुका साथै त्यहाँका जनताको अवस्था,विकास निर्माणको तत्कालीन अवस्था र संभावित बिकासे योजनाहरुको बारेमा छलफल गर्ने गरेको बताउँनु भएको छ ।

मुलकमा लोकतान्त्रिक गणतन्त्र संगै संघियता स्थापना भए पनि सल्यान प्रदेश सभा ( क)का अधिकांश भुभागमा जनतालाई आवस्यक पर्ने विकास हुन नसकेको भन्दै मङ्सिर ४ को निर्वाचनमा आफू निर्वाचित भए जनता संगै रहेर जनतामुखी काम गर्ने वताउनु भएको छ ।उहाँले सल्यान जिल्लाको प्रदेश सभा( क) कृषि तथा पशुपालनमा सम्भावना बोकेको क्षेत्र भएकाले त्यसको विकास गर्न आफू लागि पर्ने वताउनु भएको छ ।शर्माले व्यवस्था बदलिए पनि अवस्था उस्तै रहेकाले यस्तो स्थिति बदल्न अब आउने सरकारले मतदाताका माग पूरा गर्ने विश्वास दिलाउनु भयको छ ।

प्रदेशसभा (क) ४० हजार १सय ७४ पुरुष, ३८ हजार ४सय ९४ महिला गरेर कुल ७८ हजार ६सय ६८ जना मतदाता रहेको सल्यान प्रदेश सभा ( क) लोक-वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता भीमप्रकाश शर्मा र नेकपा एमालेका नेता कुलबहादुर गिरीबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतिक्रिया दिनुहोस