निर्वाचनमा सञ्चारमाध्यमको भुमिका बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

२० कार्तिक २०७९ 
निर्वाचनमा सञ्चारमाध्यमको भुमिका बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सल्यानमा सम्पन्न भएको छ ।


शनिबार जिल्ला निर्वाचन कार्यालय सल्यानको आयोजनामा खलंगामा भएको कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले आगामी मङ्सिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्न पत्रकार र सञ्चारमाध्यमको महत्त्वपूर्ण भुमिका रहने बताउँनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला न्यायाधीश गौतममले मुख्य निर्वाचन आयोग मिडिया संग सहकार्य गरेर निर्वाचन लाई प्रभावकारी ढंगले अगाडि बढाउन लागी परेको बताउँनु भयो ।उहाँले निर्वाचनमा पत्रकारलाई तठस्तता र निष्पक्षतामा रहेर भुमिका खेल्ल आग्रह गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले मङ्सिर ४ मा हुने निर्वाचनलाई शान्ति सुरक्षा र भयरहित बाताबरणमा सम्पन्न गर्न सवै खाले सुरक्षा निकाय लाई तयारी अवस्थामा राखिएको बताउनु भयो ।कार्यक्रमको अध्यक्ष समेत रहेका आचार्यले निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्नको लागि आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सहभागी पत्रकारहरुलाई अनुरोध गर्नु भएको थियो ।

निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय सल्यानले निर्वाचनका लागि गरेका कामकारबाही बारे जानकारी दिदै,जिल्ला निर्वाचन अधिकारि निमराज भट्टराईले निर्वाचन र सञ्चारमाध्यमका बारेमा धेरै बिषय बस्तुको प्रस्तुतिकरण गर्नु भयको थियो ।उहाँले जिल्लामा स्थानीय तहको निर्वाचन भन्दा संघ र प्रदेशको निर्वाचनमा मतदाताहरुको संख्या घट्नुको कारण लगाएतका बिषयबस्तुमा प्रस्ट पार्नु भएको हो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्यान जिल्ला अध्यक्ष नवीन कुमार पौडेलले निर्वाचनमा संचारमाध्यम र पत्रकारको भुमिका बिषयमा सहभागीहरुमा सहजीकरण गर्नु भएको थियो ।

जिल्लाका विभिन्न सञ्चारमाध्यमा कार्यरत सञ्चारकर्मी र पत्रकारहरुको सहभागिता रहेको उक्त अभिमुखीकरण कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सल्यानका सचीव टिकाराम भण्डारीले गर्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस