देउसी भैलोबाट संकलित रकम मृगौला पिडितलाइ सहयोग ।

१२ कार्तिक सल्यान ।                                              सल्यानको शारदा नगरपालिका  १ पटनेरीका विभिन्न समुहले तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकम मृगौला  पिडित लाई सहयोग गरेका छ ।
पटनेरी युवा समुहको १६ हजार, साइ समुहको ११ हजार ५ र पटनेरी साँस्कृतिक समुह को २० हजार सहित जम्मा ४७ हजार ५ रुपैया मृगौला पीडित नबराज बोहरालाइ सहयोग गरिएको हो ।
पटनेरी युवा समुहका रन्जित भडेलको नेतृत्वमा साइ समुहका अध्यक्ष सुस्मा बुढाथोकी र पटनेरी साँस्कृतिक समुहका अध्यक्ष शंकर बहादुर घर्ती सहित स्थानीयको उपस्थितीमा मृगौला पिडित नबराज बोहरालाई सहयोग रकम हस्तान्तरण गरिएको स्थानीय समाजसेवी  नवीन भडेलले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस