शारदा नगरपालिकाले ७० बर्ष माथिका ज्येष्ठ नागरीक, अशक्त, अपाङ्गलाइ घरमै स्वास्थ्य सेवा दिने ।

१५ असोज,सल्यान ।                                                      शारदा नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिक,अशक्त अपाङलाई घरमै गएर स्वास्थ्य सेवा दिने भएको छ ।
सुक्रबार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गर्दै अव देखि प्रत्येक तिन तिन महिनाको फरकमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक अशक्त अपाङलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने भएको हो ।
आफुले निर्वाचनको समयमा बोलेको कुरा पुरा गर्दै ज्येष्ठ,नागरिक असक्त, अपाङ्गहरु सामान्य उपचारकै लागि स्वास्थ्य संस्था जानु पर्ने बाध्यताको अन्त्य गर्न एस्तो निर्णय गरिएको नगर प्रमुख प्रकाश भण्डारीले बताउनु भयो ।
घरमै पुगेर मधुमेह, उच्चरक्तचाप लगायतका रोगको दक्ष स्वास्थ्यकर्मीले सामान्य स्वास्थ्य परिक्षण र औषधि वितरण गरिने स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस