सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ७ जिमालीमा शनिबार विहान भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएकी एक महिलालाइ थप उपचारका लागि हेलिकप्टरमा नेपालगन्ज लगिएको छ ।
दुर्घटनामा परि अचेत अवस्थामा रहेकी २४ वर्षीया सुनिता बोहरा पुन मगरलाइ उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो ।
त्यहाँ उपचार संभव नभएपछि उनलाइ थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज रिफर गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भयो ।।
दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरुको एम्बुलेन्समा नेपालगन्ज रिफर गरिएको छ भने केहि बागचौर स्थित विभिन्न अस्पतालहरुमा छन् ।
दुर्घटनामा परि कुमाख गाउँपालिका ७, डुमकोटका अन्दाजी ३९ वर्षका मान बहादुर पुन सोही ठाउँका अन्दाजी १४ वर्षकी एनका पुन रहेका छन् । उनिहरु एउटै घरका अंकल भतिजी हुन् ।
गाडी खैराबाङ दर्शनका लागि रिजर्भमा जान लागेको थियो । जीप उकालोमा ब्याक गर्ने क्रममा पल्टिएर सडकभन्दा १०० मिटर तल खसेको छ ।