१५ असोज २०७९
सल्यानमा जिप दुर्घटना हुदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।
शनिबार विहान जिल्लाको कुमाख गाउँपालिका वडा नं.७ जिमाली पातिहाल्न चिसापानीमा भएको रा १ ज ५९८ नम्बरको जीप दुर्घटना हुँदा एकै घरका दुइजनाको मृत्यु भएको हो ।
कुमाख गाउँपालिका वडा नं.७ डुमकोट बाट खैरावङ मन्दीरमा दर्शन गर्न जादै गर्दा भएको गाडी दुर्घटना परि डुमकोट निवासी अन्दाजी ३९ बर्षिय मान वहादुर पुन र १४ बर्षिया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।मृत्यु हुने ब्यक्ति एकै घरका काका भतिजी रहेका छन् ।
दुर्घटनामा परि दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहुनेहरुमा कुमाख गाउँपालिका वडा नं.७ पाटकारेका १५ बर्षिय तिलक गोसाई,डुमकोटका ४९ बर्षिय जंग बहादुर पुन,चिनालीका २३ बर्षिय अर्जुन बुढामगर ,डुमकोटका ७ बर्षिय बालक जीवन पुन,२० बर्षिय झुपा पुन,२७ बर्षिय सुशीला पुन लगाएतका रहेका छन् ।उक्त घटनामा परि सोही ठाउँकी ४१ बर्षिया डन्डी वली,बर्ष २ का सन्तोष पुन,१९ बर्षीय स्पन रावत,२० बर्षिय लोकेन्द्र पुन,१६ बर्षिय हेमराज पुन,१३ बर्षिय प्रतिभा पुन मगर,३३बर्षिय अनिता पुन र बर्ष १५ का भरत बुढामगर रहेका छन् ।घाइतेहरुको उपचार जिल्ला अस्पताल सल्यान र जनप्रीय पोलि किल्निक बागचौरमा भइरहेको प्रहरीले बताएको छ।
जीप उकालोमा ब्याक गर्ने क्रममा पल्टिएर सडकभन्दा १०० मिटर तल खसेको प्रहरीको भनाइ छ ।