नेकपा माओवादी केन्द्र बागचौरको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१३ असोज २०७९

नेकपा माओवादी केन्द्र बागचौर नगरकमिटीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बडा दशैं,शुभदिपावली तथा छठ पर्वको अवसरमा गरिएको कार्यक्रममा बोल्दै, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृति बहादुर पुन (प्रकाण्ड)ले अहिलेको गठबन्धन,प्रतिगमनको खतरा रोक्न आवश्यकता रहेको बताउनु भयो ।
पार्टीका जिल्ला संयोजक समेत रहेका कार्यक्रमका प्रमुख अतिथि पुनले परिस्थिति अनुसार गठबन्धन गरिएको र गठबन्धनले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा दुई तिहाइ पाउने बताउनु भएको छ ।नेपाली कांग्रेशका नेता तथा पुर्वशिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले कुनैपनि पर्वले मित्रवत व्यवहार बनाउदै सम्बन्धमा सहजता ल्याउने भएकाले वास्तविक शुभेच्छा प्रकट गर्दा मात्रै शुभकामनाको सार्थकता हुने बताउनु भएको छ ।

 

शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, बागचौर नगरपालिकाका निवर्तमान नगर प्रमुख लोकमान बुढाथोकी,उपप्रमुख कल्पना पुन,हालका नगरप्रमुख,जनकराज गौतम, उप-प्रमुख सुम्निमा डि.सी.वली, नेकपा एमाले नगर समिति अध्यक्ष घनस्याम शर्मा, नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद् सदस्य ज्ञानेश्वर के.सी, राप्रपाका नेता टोप बहादुर के.सी,नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य एवम् वडा नं. ६ का वडाध्यक्ष ज्ञान बहादुर वली, बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गौतम लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेकपा माओवादी केन्द्र बागचौर नगरकमिटी अध्यक्ष सोभाराम भण्डारीको अध्यक्षता,पार्टीका बागचौर नगर ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य टिकाराम वलीको शुभकामना मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन पार्टी सचिव दिपक वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस