१२ असोज २०७९
सल्यानमा जीव दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नं.३ मुलपानीमा रा १ज ५६३ नम्बरको जिप दुर्घटनामा परि ८ जनाको ज्यान गएको छ भने एकजना घाइते भएका हुन ।
घटनामा परि ज्यान जानेहरुमा,सल्यान कपुरकोट गाउँपालिका वडा नं.६ जलबाङ्गका २१ वर्षिय जित बहादुर बोहोरा, ३७ वर्षिय धर्मा ओली, ४० वर्षिय टोप बहादुर ओली , उनका ११ वर्षिय छाेरा बसन्त ओली, ३० वर्षिय सुरेश खत्री लगाएतका रहेका छन् ।उक्त घटनामा परि जलबाङ्गकै ७० वर्षिय खुमलाल ओली, ५५ वर्षिय कुमारी ओली र रीम बस्ने ३५ वर्षिय ललित ओली रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।उक्त घटनामा परी जलवाङ्गकै ३५ बर्षिया तिलक वली गम्भीर घाइते भएको र उनको उपचार प्रादेशिक अस्पताल दाङमा भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख दामोदर केसीले बताउनु भएको छ ।
विवाहको भोज खाएर बाँकेकाे कोहलपुर ढकेरीबाट सल्यानको रिम तर्फ फर्किदै गरेको जिप बुधबार बिहान करिव साढे ३ बजे तिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक केसीले बताउनु भएको हो ।९ जना सवार रहेको उक्त जिप सडकबाट करिब १ सय ५० मिटर तल खसे थियो भने घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक केसीले बताउनु भयो ।