स्थानीय तहमा कार्यरत कृषि,पशुसेवा प्राविधिकहरुका लागि एक दिने अभिमुखिकरण तथा प्रगति समिक्षा गोष्ठी सल्यानमा सम्पन्न भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन एकाइ सल्यान (रुकुम ) पश्चिमको आयोजनामा भएको कार्यक्रममा पकेट /व्लक बिकास कार्यक्रम कार्यन्वयन सम्बन्धि अभिमुखिकरण र आर्थिक बर्ष २०७८/०७९ को पकेट बिकास कार्यक्रमको प्रगति बिवरणको समिक्षा गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख वेलाराम रावलले,कृषि क्षेत्रको बिकासमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रावलले परियोजनाले बिनियोजन गरेको बजेट अनुसार स्थानीय तह र कृषकहरुले कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने बताउनु भयो ।उहाँले सल्यानमा राज्यले कृषि क्षेत्रमा थुप्रै लगानी गरेपनि प्रभावकारी हुन नसकेको बताउनु भएको थियो । यस्तै कार्यक्रमका विशिस्ट अतिथि जिल्ला कृषि बिकास कार्यालय सल्यानका प्रमुख भरत बहादुर बस्नेतले सल्यान जिल्ला ब्यवसायिक कृषि क्षेत्रमा संभावना बोकेको जिल्ला भएको बताउनु भएको छ । पछिल्लो बिवरण अनुसार पहिले भन्दा अहिले जिल्लामा कृषि योग्य जमिनको वृद्धि भएको बताउनु भयो ।जिल्लामा सिचाइको लागि पानीका स्रोत कम भएपनी, पानीको सहि मात्रामा उपयोग भएको भन्दै शारदा नदिले ठूलो मात्रामा कृषि योग्य जमिनलाई सिंचित गरेको बताउनु भयो ।उहाँले कुन कुन क्षेत्रमा कस्तो खाले कृषि जन्य बस्तु उत्पादन हुन्छन् त्यस्तो भुभागलाई पहिचान गरि त्यसको ब्यवसायीकरण गर्न आवस्यक रहेको बताउनु भएको हो ।
सहभागीहरुलाई प्रशिक्षण दिदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन एकाइ सल्यान (रुकुम ) पश्चिमका कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले कार्यालयको अवधारणाका साथै परियोजनाले गरेका काम र आगामी दिनहरुमा गर्ने कामलाई सार्वजनिक गर्नु भएको थियो ।उहाँले कृषियोग्य जमिनको एकीकरण गर्ने ,बिशिस्टिकरण ब्यवसायीक गर्ने उन्नत प्रविधि र गुणस्तरीय पुर्वाधार बिकास गर्ने लगाएतका कामहरुलाई प्राथमिकताका साथ अगाडि सारिने बताउनु भयो ।कार्यालय प्रमुख न्यौपानेले सल्यानमा सुन्तलाको जोन पकेट क्षेत्र बिकास गर्न कार्यालय तत्कालै लागि पर्ने बताउनु भएको छ ।उहाँले जिल्लाका ४७ वटा वडामा जोन कार्यक्रम लागू भएको बताउदै त्यस्लाई ब्यवस्थित गर्न कार्यालय अघि सर्ने बताउनु भयो ।सल्यानमा वास्तविक किसान भन्दा पहुँच र पावरको आधार अनुदान पाउने चलनको बिकास भएको भन्दै त्यस्तो प्रवृत्तिको अन्त्य गर्नु आजको प्रमुख आवश्यकता भएको बताउँनु भयो ।न्यौपानेले स्थानीय तहमा देखिने राजनीतिक दबाब लाई हटाएर,लक्षित क्षेत्रमा बजेटको कार्यन्वयन गरि प्रभावकारी ढंगले काम गर्न सहभागी हरुलाई आग्रह गर्नु भएको थियो ।
जिल्लाका दस वटै स्थानीय तह बाट सहभागी कृषि,पशुसेवा प्राविधिकहरुले स्थानीय तहले गरेका बार्षिक प्रगति बिवरण पेश गर्नु भएको थियो ।उहाँ हरुले स्थानीय तहमा देखिने विभिन्न खाले समस्याहरुले बिनियोजित बजेट अनुसार काम हुन नसकेको दुखेसो पोख्नु भयो । एक दिने अभिमुखिकरण तथा प्रगति समिक्षा गोष्ठीमा सरोकारवाला निकायका प्रमुख प्रतिनिधि,पत्रकार,कृषि तथा पशुसेवा प्राविधिकहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,सल्यानका नायब सुब्बा बलवादुर केसीले गर्नु भएको थियो ।