सल्यानको रानीपोखरा मेलाको अवसरमा विभिन्न कार्यक्रम सुरु

०७ असोज २०७९

सल्यानको बागचौर नगरपालिका वडा नं.८ मा लाग्ने रानिपोखरा मेलाको अवसरमा बिभन्न कार्यक्रमहरु संचालन हुने भएका छन् ।

शुक्रबार बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले पौराणिक मेलाको अवसरमा विभिन्न सांस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रमको आयोजनाले मेलाको गरिमामय बढाएको बताएका हुन् ।
रानीपाेखरी मेला २०७९ काे अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गौतमले रानिपोखरा मेलाको इतिहास लामो रहेको बताउदै,यस्ता परमपरागत मेलाहरुको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको भन्दै आफुहरु त्यस तर्फ लागि परेको बताए ।उनले भलिबल खेलाडीहरुलाई अनुशासित भएर प्रतियोगिता सम्पन्न गर्न समेत अनुरोध गरेका छन् ।

बागचाैर नगरपालिका वडा नम्बर ८ काे समन्वयमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रमा बागचौर नगरपालिकाकी उपप्रमुक्ज सुम्निमा डिसी( वली)ले फरक इतिहास बोकेको रानिपोखरा मेलालाई अझै रमाइलो गराउन आयोजित कार्यक्रमहरुको महत्त्वपूर्ण भुमिका रहने बताएकी छ्न ।उनले पौराणिक मेलामा पौराणिक झाकीहरुको समेत आफुहरुले अपेक्षा गरेको बताइन ।

 

९ गते सम्म मेलाको अवसरमा भलिबल प्रतियोगिता, लाेकदाेहाेरी प्रतियोगिताकाे आयोजना गरिएको छ भने उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे बेजोड प्रस्तुति समेत रहने बागचौर नगरपालिका वडा नं.८ का वडा अध्यक्ष सुशील जंग चन्दले बताएका छन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम उप-प्रमुख सुम्निमा डि.सी (वली) इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक कनक बहादुर शाही, वडा नम्बर ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, वडा नम्बर १२ का वडा अध्यक्ष टीकाराम वली, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, खेलाडी, ब्यापारी लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस