ग्रामीण सहकारीको २८ औ वार्षिक साधारण सभाको उदघाटन ।
- ६ असोज २०७९
जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ खलंगामा रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औ बार्सिक साधारण सभाको उदघाटन गरिएको छ ।
संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यको अध्यक्षता बाट सुरु भएको समारोहमा जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि केशव सिंह श्रेष्ठले “सल्यान जिल्लालाई ग्रामीण सहकारीले रास्टीय स्तरमा परिचीत गराउनु सुखद कुरा रहेको बताउनु भयो ।
सहकारीले राज्यको लागि आर्थिक रुपमा टेवा पुर्याएको उहाँले बताउनु भयो ।
समारोहमा संस्थाका संचालक समिति उपाध्यक्ष सुगन्ध कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भयो, त्यस्तै लेखा सुपरीबेक्षण समिति संयोजक कमल अधिकारीले आफ्नो मन्तव्य राख्नु भयो, कार्यक्रमको संचालन सचिब सनत कुमार शर्माले गर्नु भएको थियो ।
शारदा नगरपालिका भित्र सेवा प्रवाह गरीरहेको सहकारीमा हाल २१ सय ८४ जना शेयर सदस्य रहेका छ्न ।
सहकारीले लगातार ५ पटक देशकै उत्कृष्ट बन्दै नेफ्स्कुनले प्रदान गर्ने प्रोबेशन ब्राण्ड प्राप्त गरेको छ ।